ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी

ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी



काठमाडौं । संसदमा पाँच सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाहीलाई आफ्नो संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । शाही यसपटक प्रत्यक्ष निर्वाचनबाट विजयी भएका एक्ला उम्मेदवार हुन् ।

यसपटक राप्रपाको चुनावी प्रदर्शन अघिल्लो निर्वाचनको तुलनामा कमजोर देखिएको छ । २०७९ सालको निर्वाचनमा पार्टीले प्रत्यक्षमा सात र समानुपातिकमा सात गरी कुल १४ सिट जितेको थियो भने यसपटक प्रत्यक्ष एक र समानुपातिक चार गरी जम्मा पाँच सिटमा सीमित भएको छ ।

अघिल्लो संसदमा पार्टी पाचौं ठूलो दलको दर्जामा रहे पनि यसपटक छैटौँ स्थानमा झरेको छ । लामो इतिहास बोकेको राप्रपालाई भर्खरै खुलेको श्रम संस्कृति पार्टीले पछाडि पार्न सफल भएको देखिएको छ ।

ज्ञानेन्द्र शाहीको प्रत्यक्ष जीतले राप्रपाको राष्ट्रिय पार्टीको मान्यता कायम राख्न मद्दत गरेको छ । संविधान अनुसार राष्ट्रिय पार्टीको मान्यता पाउन कम्तीमा एक प्रत्यक्ष सिट जित्नु आवश्यक रहेको छ ।