रविको मुद्दामा बहस सकिएपछि न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा

रविको मुद्दामा बहस सकिएपछि न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा



काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधनसम्बन्धी रिटको सुनुवाइ पूर्ण भएको छ । मुद्दा महान्यायाधिवक्ता विरुद्ध दर्ता भएको थियो ।

न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको बहस मंगलबार समाप्त भएको हो । अन्तिम दिन रवि लामिछानेतर्फको बहस सम्पन्न भएपछि रिट निवेदकहरूले जवाफी बहस प्रस्तुत गरेका थिए ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमणकुमार श्रेष्ठ, तथा अधिवक्ताहरू दीपेन्द्र झा र नारायणदत्त कँडेलले बहस गरेका थिए । उनीहरूले अभियोजन जबरजस्ती गरिएको र महान्यायाधिवक्ताले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार अभियोग पत्र संशोधन गरेको तर्क प्रस्तुत गरेका थिए ।

सबै पक्षको बहस पूरा भएपछिको प्रक्रिया अनुसार न्यायाधीशहरू हाल आदेश लेख्ने तयारीमा जुटेका छन् ।