अमेरिकी, इजरायली राजदूतावास र इरानको कन्सुलेट कार्यालय अगाडि प्रदर्शन

अमेरिकी, इजरायली राजदूतावास र इरानको कन्सुलेट कार्यालय अगाडि प्रदर्शन



काठमाडौं । हाल जारी अमेरिका-इजरायल र इरानबिचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको छ । युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने आग्रह सहित काठमाडौँस्थित अमेरिका, इजरायलका राजदूतावास र इरानको कन्सुलेट कार्यालय अगाडी एकैदिन मानव अधिकार तथा शान्ति समाजले प्रदर्शनी गरेको हो ।

अमेरिकी राजदूतावास महाराजगन्ज, इजरायली राजदूतावास लाजिम्पाट र काठमाडौँस्थित इरानी कन्सुलेट कार्यालय, याक एन्ड यति होटल दरबार मार्गमा उनीहरूले प्रदर्शनी गरेका हुन् ।

‘शक्ति राष्ट्रहरु युद्धको पक्षपोषण होइन युद्ध अन्त्य गर्न योगदान गर, अमेरिका युद्ध रोक शान्ति कायम गर’लगायतका व्यानार बोकेर उनीहरुले शान्तिको कामना गरेका थिए ।

हाल जारी अमेरिका र इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको उनीहरुको भनाइ छ ।

समाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै युद्ध विस्तार हुँदै जानु विश्व शान्तिकै लागि गम्भीर खतरा भएकाले हाल जारी अमेरिका र इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने धारणा सहित युद्ध रोकी शान्ति प्रवर्द्धनका लागि विशेष पहल गर्न आग्रह समेत गरेको छ ।

अमेरिकालाई युद्धको पक्षधर होइन, सदैव शान्तिका लागि अग्रसर भूमिकामा देख्न चाहेको उल्लेख गरेका छन् ।