काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसहितको बैठक सिंहदरबारमा सुरु भएको छ । संसद् सचिवालयले दलका प्रतिनिधिहरूलाई शपथको मिति, संसदीय दलको कार्यालयलगायत विषयमा छलफलका लागि बैठक डाकेको हो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू सहभागी छन् ।
संसद् सचिवालयले चैतको १२ गते सांसदको शपथ गराउने तयारी गरेको छ ।


प्रतिक्रिया