काठमाडौं । हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा अस्ति र हिजो परेको हिमपातका कारण फसेका दुई सय २० जनाभन्दा धेरै यात्रुको उद्धार गरिएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित डोजरको प्रयाग गरी सडक खुलाएर यात्रुको उद्धार गरिएको पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा रहेका यात्रु समस्यामा परेका थिए ।
दुई जिल्लाको सिमाना क्षेत्रको झण्डै तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न उनको आग्रह छ । काठमाडौं, पोखरा लगायतका स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान, दैलेख लगायतका ठाउँमा पुग्ने गाडीलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न भनिएको छ ।


प्रतिक्रिया