पाकिस्तानी पृथकतावादी समूहले दियाे प्रधानमन्त्री बालेनलाई बधाई

पाकिस्तानी पृथकतावादी समूहले दियाे प्रधानमन्त्री बालेनलाई बधाई



काठमाडौं । पाकिस्तानको पृथकतावादी समूह बलुचिस्तान गणतन्त्रले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएको छ ।

नेपालमा भएका भनिएका बलुच समुदायको तर्फबाट पनि बधाई दिएर भनिएको छ, ‘साझा सम्मान, सहकार्य र शान्ति तथा विकासका साझा चाहानामा आधारित भएर हाम्रा दुई देशको कूटनीतिक सम्बन्ध स्थापना गर्नमा हामी इच्छुक छौँ ।’

प्रधानमन्त्री वालेन्द्रको विजयले नेपालको भविष्य बलियो बनाएको तथा दुई देशका नागरिकको सम्बन्ध प्रगाढ बनाउने पनि मिर यार बलुच गणतन्त्रका तर्फबाट अभियानकर्मी मिर यार बलुचले बधाई दिएका हुन् ।