सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन २४ गते आह्वान

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन २४ गते आह्वान



काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आगामी २४ गेतका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले चैत २४ गते मंगलबार अपराह्न ४ बजे हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

बुधबार प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहीबार सिफारिस पत्र पठाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाले अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपाले अधिवेशन बोलाउन अल्टिमेटम दिएको थियो ।