सुदूरपश्चिमका नवनियुक्त वनमन्त्रीले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त वनमन्त्रीले लिए शपथ



काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री शिवराज भट्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । उनले प्रदेश प्रमुख नजिर मियाबाट शपथ लिएका हुन् ।

कांग्रेस संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले आजै भट्टलाई मन्त्रीमा नियुक्त गरेका थिए । बैतडीबाट निर्वाचित भट्ट शाहको पहिलो कार्यकालमा आन्तरिक मामिलामन्त्री थिए ।

वन मन्त्रालय २०८२ असारदेखि मन्त्रीविहीन थियो । असारमा प्रदेशका मुख्यमन्त्री शाहले तत्कालीन मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका थिए । त्यसयता उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफैँसँग राखेका थिए । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएका थिए । उक्त दल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेको छ ।