काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गरेका छन् ।
इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरे ।

इरानका लागि खराब खबर हो : जेडी भान्स
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता असफल अमेरिका भन्दा धेरै इरानका लागि खराब खवर भएको बताएका छन् ।
लामो दिनसम्म चलेको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भान्सले भने, “खराब खबर यो हो कि हामी कुनै सम्झौतामा पुग्न सकेनौं। र मलाई लाग्छ, यो अमेरिका भन्दा धेरै इरानका लागि खराब खबर हो।”
इरानसँग कुनै सम्झौता नभएपछि पाकिस्तानको इस्लामाबादबाट अमेरिका फर्किन प्रस्थान गरेका छन्। उनी एयर फोर्स टु विमानमार्फत अमेरिका फर्किरहेका छन्।


प्रतिक्रिया