मधेशका मुख्यमन्त्री यादव विश्वासको मत प्रक्रियाबाट पछि हटे

मधेशका मुख्यमन्त्री यादव विश्वासको मत प्रक्रियाबाट पछि हटे


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबारका लागि तय गरिएको विश्वासको मत लिने प्रक्रिया अन्तिम समयमा आएर स्थगित गरेका छन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक कुमारकान्त झाका अनुसार मुख्यमन्त्री यादवले अब आगामी जेठ ८ गते विश्वासको मत लिने तयारी गरिएको छ ।

सदनलाई आज बिहान ११ बजेका लागि आह्वान गरिएको भए पनि सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि तथा राजनीतिक खटपटका कारण मुख्यमन्त्री तत्काल मत परीक्षणमा नजाने निर्णयमा पुगेको बताइएको छ ।

गठबन्धन साझेदार दलहरू र आफ्नै दलभित्र समेत असहमति बढेपछि फ्लोर क्रस हुने जोखिम देखिएको कारण मुख्यमन्त्रीले प्रक्रिया स्थगित गरेको स्रोतले जनाएको छ ।