काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तयारी अन्तिम चरणमा पुगेका बेला उनीहरूबीच छलफल भएको हो ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
भेटका क्रममा बिहीबार प्रतिनिधिसभाबाट पारित भएको नीति तथा कार्यक्रमलाई बजेटसँग कसरी समेट्ने भन्ने विषयमा समेत विचार–विमर्श भएको बताइएको छ । प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीचको यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रतिक्रिया