काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटघाट भएको छ ।
उनीहरूबीच शुक्रबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो । मुख्यमन्त्री शाहका अनुसार सभापति थापासँग बिहान ११ बजेपछि छलफल भएको थियो ।
भेटमा सुदूरपश्चिम प्रदेश सरकारको वर्तमान अवस्था र सम्भावित राजनीतिक समायोजनबारे छलफल भएको बताइएको छ । मुख्यमन्त्री शाहको सचिवालयका अनुसार प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीलाई पनि सहभागी गराउने आन्तरिक तयारी भइरहेको छ ।
यसैबीच, मुख्यमन्त्री शाहले बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको जनाइएको छ । सचिवालयले उक्त भेट भएको पुष्टि गरेको छ ।


प्रतिक्रिया