काँग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन

काँग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेपाली काँग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरेको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार बिहान विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमको मिति परिवर्तन भएको जानकारी दिएका हुन् ।

उनका अनुसार अब कार्यक्रम १८ र १९ जेठमा आयोजना गरिने छ । यसअघि १४ र १५ जेठमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ हुने भनिएको थियो ।

दुलालद्वारा जारी विज्ञप्तिमा लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तनको कारणबारे केही खुलाइएको छैन । कार्यक्रम रुपन्देहीको तिलोत्तमामा आयोजना गरिने बताइएको छ ।