योगेश भट्टराईले मागे ओलीको राजीनामा

योगेश भट्टराईले मागे ओलीको राजीनामा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार अध्यक्ष ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा भट्टराईले अध्यक्ष ओलीको राजीनामा मागेका हुन् ।

‘अब तपाईँबाट पार्टी चल्दैन । राजीनामा दिनुस्,’ भट्टराईले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने । यसअघि हिजो बसेको सचिवालय बैठकमा ४ जना उपाध्यक्षले पनि ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

यसैबीच आज महासचिव शंकर पोखरेलले पनि पार्टीमा समीक्षा जरुरी रहेको बताउँदै अहिलेकै परिस्थितिमा अघि बढ्न नसक्ने बताएका थिए ।