‘पार्टी एक नभएसम्म काँग्रेसको मात्र होइन, देशकै भविष्य अन्धकारतर्फ जान्छ’- शशांक कोइराला

‘पार्टी एक नभएसम्म काँग्रेसको मात्र होइन, देशकै भविष्य अन्धकारतर्फ जान्छ’- शशांक कोइराला


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताएका छन् । शनिबार संस्थापन इतर समूहले पोखरामा गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले उनले यस्तो बताएका हुन् । कोइरालाले भने ‘पार्टी बलियो भयो भने हामी बच्छौँ, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौँ ।’

‘मलाई कुनै पद चाहिँदैन पार्टी एक हुनुपर्‍यो,’ कोइरालाले भने ‘पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ । बिपी कोइरालाले त्यति बेला आफू प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्रीको प्रस्ताव राख्नुभएको उदाहरण दिँदै नेता कोइरालाले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति भएको टिप्पणी गरे ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले पार्टीभित्र एकताको आवश्यकता महसुस भएको बताउँदै कांग्रेस नियमित महाधिवेशनको पक्षमा थियो एक्कासी विशेष महाधिवेशन गर्नु गलत भएको बताए । पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर पार्टी सभापति गगनकुमार थापा अगाडि जान नमिल्ने बताउँदै पार्टीका सबै नेतालाई समेटेर लान आग्रह गरे ।