काठमाडौं । ट्रेड युनियन कर्मचारीका नेताको दुर्गम क्षेत्रमा सरुवा गरिएको छ । सिंहदरबारमा केन्द्रित रहेर ट्रेड युनियन राजनीतिका अगुवा २० जना नायब सुब्बा (नासु) को सरुवा भएको हो । उनीहरुको सरुवा गृहमन्त्रालयले गरेको हो ।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा खटाइएका ती नासुहरूलाई मन्त्रालयले हिजो मंगलबार ताप्लेजुङदेखि डोल्पासम्मका जिल्लामा खटाएको हो ।
सरुवा गरिएकामध्ये अधिकांश कर्मचारी ट्रेड युनियन गतिविधिमा आबद्ध तथा लामो समयदेखि सिंहदरबार र आसपासका कार्यालयमा कार्यरत कर्मचारी रहेको कर्मचारी वृत्तमा चर्चा छ । ती कर्मचारीमध्ये केही लामो समयदेखि उपत्यकाभित्रै केन्द्रित रहेर कार्यरत थिए ।


प्रतिक्रिया