काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक जेठ १४ गते विहीबार बिहान साढे ११ बजे सिंहरदरबारमा बोलाइएको स्रोतले जानकारी दिएको छ । बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।


प्रतिक्रिया