काँग्रेसद्वारा जनसम्पर्क समितिसँग क्रियाशील सदस्यता अद्यावधिकबारे भर्चुअल छलफल तय

काँग्रेसद्वारा जनसम्पर्क समितिसँग क्रियाशील सदस्यता अद्यावधिकबारे भर्चुअल छलफल तय


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता व्यवस्थापन सम्बन्धी विषयमा विदेशस्थित जनसम्पर्क समितिसँग छलफल गर्ने भएको छ।

पार्टीले सदस्यता नवीकरण, अद्यावधिक प्रक्रिया तथा नयाँ क्रियाशील सदस्यता प्रणालीमा प्रविष्ट गर्ने विषयमा केन्द्रित रहेर भर्चुअल बैठक आयोजना गर्न लागेको हो। महामन्त्री प्रदीप पौडेलको पहलमा उक्त बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ।

बैठकमा विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिका वर्तमान पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ। यसअन्तर्गत जेठ १५, १६ र १७ गते विभिन्न मुलुकका पार्टी संरचनासँग छुट्टाछुट्टै समय तालिका अनुसार छलफल गर्ने तयारी गरिएको छ।

काँग्रेसले जेठ २१ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ। बैठकमार्फत सदस्यता व्यवस्थापनलाई प्रणालीगत रूपमा व्यवस्थित गर्ने तथा केन्द्रको डिजिटल प्रणालीमा अभिलेख अद्यावधिक गर्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ।