काठमाडौं । एक पछि अर्का परम्परा तोड्ने क्रममा रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज (शक्रबार) अर्थात गणतन्त्र दिवसको अवसरमा फेरी अर्काे परम्परा तोडेका छन ।
आज उनले गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहलाई सम्वोधन गरेनन् । प्रधानमन्त्री शाहले समारोहमा उपस्थिति भने जनाए । प्रधानमन्त्री बालेन पत्नी सविना काफ्लेजसहित समारोहमा उपस्थित भएका हुन् । औपचारिक कार्यक्रमहरूमा कालो पोशाक लगाउने गरेका शाहले आज पनि यसलाई भने निरन्तरता दिए ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गरेका थिए । यसअघि नै प्रधानमन्त्री कार्यालयले पौडेललाई सम्बोधन गर्न आग्रह गर्दै पत्राचार गरिसकेको थियो ।
पौडेलले यसलाई सहजरूपमा लिएर आफैंले सम्वोधन गर्न तयार भए र एउटा स्थापित परम्परा तोडियो । त्यसो त प्रधानमन्त्री शाहबाट गणतन्त्र दिवसको अवसरमा कुनै पनि विज्ञप्ति जारी भएको छैन । अनौपचारिक माध्यमबाट पनि उनले शुभकामना दिएका छैनन् ।
प्राय आफ्ना कुराहरु फेसबुकबाट प्रवाह गर्ने उनले गणतन्त्र दिवसमा भने फेसबुकमा पनि अहिलेसम्म कुनै पोस्ट गरेका छैनन् । बालेन प्रधामन्त्री भएयता नयाँ वर्ष, बुद्ध जयन्ती र मातातर्थ औंसीको दिन फेसबुकबाट शुभकामा दिएका थिए ।


प्रतिक्रिया