सम्हाल्नै नसक्ने गरी संसदभित्रै किन आक्रोसित भइन् आशिका ?

सम्हाल्नै नसक्ने गरी संसदभित्रै किन आक्रोसित भइन् आशिका ?


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित रुपमा प्रस्तुत भईन ।

रास्वपा सांसद तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् । प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् ।

उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरुले रोकेका थिए । रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर रोकेका थिए ।

तर आशिका शान्त नभएपछि रन्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बाहिर लगेका छन् ।