काठमाडौँ। नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको वडाका सभापति प्रयागराज खनालको जिम्मेवारी हटाएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका-१ का वडा सभापति खनालले पार्टीद्वारा तोकिएको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा सहयोग नगरेको आरोपपछि उनको जिम्मेवारी खोसिएको हो।
खनाल मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिवसमेत रहेको बताइएको छ। पार्टीले क्रियाशील सदस्यता अद्यावधिक कार्य सञ्चालनका लागि सो वडामा कृष्णप्रसाद रिमाललाई नयाँ जिम्मेवारी दिएको छ।
वैशाख १ गतेदेखि सुरु भएको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया आज अन्तिम दिनसम्म पूरा गर्ने समयसीमा तोकिएको छ।


प्रतिक्रिया