सरकारविरुद्ध जनमत पार्टीको प्रदर्शन सोमबार

सरकारविरुद्ध जनमत पार्टीको प्रदर्शन सोमबार


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ। सोमबार पार्टीले अघि सार्दै आएको एजेन्डाबारे ध्यानाकर्षण गराउनको लागि प्रदर्शन गर्न लागेको अध्यक्ष राउतले बताए।

सोमबार बिहान ९ बजे माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताइएको छ । काठमाडौँमा रहेका समर्थकहरूलाई तोकिएको समयमा माइतीघर मण्डलमा जम्मा हुन आग्रहसमेत गरेका छन् ।

प्रदर्शनबारे जानकारी गराउँदै काठमाडौँ प्रशासनलाई शान्ति सुरक्षाको व्यवस्था गरिदिने पत्रसमेत पठाएको छ। पार्टीले जेठ २४–२५ गते केन्द्रीय समितिको विस्तारितसमेत राखेका छन् ।