चक्कु प्रहार गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । रौतहटको ईशनाथ नगरपालिका-३ औरैयामा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति करिब २०:१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गाको विषयमा विवाद हुँदा कुटपिट भएको थियो ।

सोही क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट बुटन साहको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागि उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा राति करिब २१:०५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

घटनामा घाइते भएका रामबहादुर साहको टाउकोमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार तथा झैँझगडामा संलग्न राममहेश्वर साह र रामऔतार साहलाई नियन्त्रण लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।