बाढीले बहुमतको सम्मेलन रोकियो

बाढीले बहुमतको सम्मेलन रोकियो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ गतेदेखि हुने भनिएको आफ्नो राष्ट्रिय सम्मेलन स्थगित गरेको छ । रसुवा जिल्लामा आएको बाढी,पहिरो,प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भइरहेको बेला पार्टीले सम्मेलन स्थगित गरी नेता तथा कार्यकर्तालाई विपद् प्रभावित जनताको उद्धार,राहत र सेवामा जुट्न निर्देशन दिएको हो ।

पार्टी अध्यक्ष कञ्चन (धर्मेन्द्र बास्तोला) ले पछिल्लो समय आएको प्राकृतिक प्रकोपबाट ठूलो संख्यामा जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा आगामी दिनमा खाद्यान्न, लत्ताकपडा तथा औषधिको अभाव हुनसक्ने र उद्धार गरिएका व्यक्तिलाई घर फर्काउनसमेत समस्या हुनसक्ने भएकोले पार्टीले विपतको समयमा आफ्ना सबै समिति र नेता कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सक्रिय हुन निर्देशन दिएका छन् । साथै आम जनताबाट राहत संकलन गरी विभिन्न आधिकारिक संघसंस्था,निकाय तथा जनतासँग समन्वय गरेर प्रभावित नागरिकसम्म पुर्‍याउन पहल गर्न भनेका छन् ।

त्यस्तै,काठमाडौं उपत्यकामा रहेका विद्यार्थी,युवा,मजदुर, महिला लगायतका जनवर्गीय संगठनलाई पनि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उपचार सहयोग तथा रक्तदान कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् ।