काठमाडौँ। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईविरुद्ध नेपालको ठोस सुरुवात गरेको छ । ३२ ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर १६७ रन बनाएको छ । ओपनर ब्याट्सम्यान अर्जुन कुमाल ४३ रन बनाएर आउट भए भने इसान पाण्डे १३ रनमा आउट भए ।
मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले पहिले ले व्याटिङ गरेको हो । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । ओपनर ब्याट्सम्यान आसिफ शेख सतक नजिक पुगेका छन् भने उनलाई रोहित पौडेलले साथ दिइरहेका छन् ।
दुवै टोली दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।
यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।


प्रतिक्रिया