सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने सुन ३ लाख १ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य ६० रुपैयाँ बढेको छ । चाँदी ४ हजार ६६० रुपैयाँ कायम भएको छ । शुक्रवार भने चाँदी ४ हजार ६०० रुपैयाँमा कायम भएको थियो ।