उच्च अदालतमा तीन न्यायाधीशको सिफारिस

उच्च अदालतमा तीन न्यायाधीशको सिफारिस


ग्लोब नेपाल
0
Shares

काठमाडौं । उच्च अदालतमा न्यायपरिषद्ले तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको सिफारिससहित उच्च अदालत सुर्खेतमा पदस्थापनाका लागि सिफारिस गरेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासे पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन । उनी उच्च अदालत जनकपुरको पदस्थापनाका लागि सिफारिस भएका हुन । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह पनि न्यायाधीशमा सिफारिस भएका छन् ।

उनी उच्च अदालत विराटनगरमा पदस्थापना हुने छन । न्यायपरिषदको बैठकले तीन जना सहसचिवहरू ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई सचिवमा बढुवा समेत गरेको छ ।