सुन प्रतितोला १ हजार ७ सय रुपैयाँ बढ्यो

सुन प्रतितोला १ हजार ७ सय रुपैयाँ बढ्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेर आज ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार भने सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ८५ रुपैयाँ बढेर आज प्रतितोला ४ हजार ६८५ रुपैयाँ कारोबार भएको छ । मंगलवार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।