गाडी साहूसँग चालकले भने- ‘ट्राफिकले ह्यारेसमेन्ट गर्‍यो, अब मेरो लास निस्किन्छ’

गाडी साहूसँग चालकले भने- ‘ट्राफिकले ह्यारेसमेन्ट गर्‍यो, अब मेरो लास निस्किन्छ’


ग्लोब नेपाल
0
Shares

काठमाडौं । आज (सोमबार) काठमाडौंको त्रिपुरेश्वरमा बसभित्रै बसेर आगो लगाएका चालकको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ ।

हर्न बजाएको विषयमा भएको वादविवादपछि उनले आक्रोशमा आएर बसभित्र आगो लगाएका हुन । आज बिहान १० बजे त्रिपुरेश्वर चोकमा गाडीको हर्न बजाएको विषयमा विवाद भएको ऋद्दीसिद्दी यातायातका सञ्चालक तथा गाडी मालिक लव केसीले जानकनरी दिए ।

ट्राफिक प्रहरीले कारबाही गर्न खोजेपछि चालकले प्रतिवाद गरेको उनले जानकारी दिए । केसीले आफूसँग चालकले ट्राफिक प्रहरीले दुख दिएको भन्दै आत्महत्याको कुरा गरेको बताए ।

उनले ट्राफिकले ह्यारेसमेन्ट गर्‍यो, अब मेरो लास निस्किन्छ चालकले बताएको पनि जानकारी दिए ।