आज सुन तोलामा १७ सय रुपैयाँ घट्यो

आज सुन तोलामा १७ सय रुपैयाँ घट्यो


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । तोलामा सुन १७ सय रुपैयाँ घटेर आज प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार भने सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३० रुपैयाँ घटेर आज ४ हजार ७ सय ७५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कायम भएको थियो ।