काठमाडौं, १९ असोज । चलचित्र विकास बोर्डले साताभर प्रदर्शनमा आएका चलचित्रको कमाइ सार्वजनिक गरेको छ । बोर्डले चैत १८ गते आइतबार रातिसम्म हलमा चलिरहेका नेपाली चलचित्रको कमाइ सार्वजनिक गरेको हो ।
अघिल्लो साता प्रदर्शनमा आएको निखिल उप्रेतीको अभिनय तथा निर्देशनमा बनेको ‘आचार्य’ ले १० दिनमा डेढ करोड ग्रस कमाएको छ । चलचित्रको कमाइ १एककरोड ५६ लाख ३७ हजार ५४६ रुपैयाँ छ । चलचित्रमा पूर्णिका सिँजापतिदेखि दक्षिण भारतीय कलाकारको पनि अभिनय छ । यो चलचित्र हेर्न ५४ हजार दर्शकले टिकट काटेका छन् ।
असोज ९ गते ‘आचार्य’सँग एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘बा: एक योद्धा’ ले एक करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कमाएको छ । चलचित्रको यो कमाइ ‘आचार्य’भन्दा ३६ लाख ६८ हजार ९१९ रुपैयाँले बढी हो । चलचित्रमा दिव्यदेव पन्त र सुहाना थापाको मुख्य भूमिका रहेको छ । चलचित्रलाई ९६ हजार दर्शकले हेरेका छन्।
यी दुई चलचित्रसँगे एकसाथ प्रदर्शन भएको चलचित्र ‘जदौ’को कमाइ १३ लाख ९८ हजार ७१५ रुपैयाँ छ । सो अवधिमा तीन हजार ८३७ जनाले फिल्म हेरेका छन् ।
बोर्डको सिनेपा: विवरणअनुसार ‘गौँथली’ले २६ करोड १ लाख, ‘पेन्सन पट्टा’ले ९ करोड १३ लाख, ‘बेहुली’ले २ करोड ९९ लाख, ‘पार्वती’ले २ करोड २९ लाख, ‘झिँगेदाउ २’ले १ करोड ४५ लाख र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले एक करोड २७ लाख रुपैयाँ ग्रस कमाएका छन् ।


प्रतिक्रिया