नेपाली कांग्रेस सभापतिमा गगनकुमार थापा निर्वाचित

नेपाली कांग्रेस सभापतिमा गगनकुमार थापा निर्वाचित


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । छ हजार ५८४ मतका साथ उनी विजयी भएका हुन् । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।

सभापतिमा थापाको विजयसँगै नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ। अब उनको नेतृत्वमा पार्टीको संगठनात्मक सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक कार्यदिशा कसरी अघि बढ्छ भन्ने विषय चासोको केन्द्रमा रहनेछ।