कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको जीत निश्चित

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको जीत निश्चित


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको जीत निश्चित भएको छ । ६ हजार मत गन्दा उपसभापतिमा भण्डारीले ३१०६ मत प्राप्त गरेका छन् भने महामन्त्रीमा पौडेलले ३४९४ मत प्राप्त गरेका छन् ।

खुलातर्फबाट दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । जारी मतगणनामा अर्को उपसभापति पदमा मधु आचार्यसँगको १९२० मत प्राप्त गरेका छन् ।

४ हजार १०० मत गणना हुँदा भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । भण्डारीलाई आचार्यले भने १ हजार २७८ मतसहित पछ्याइरहेका छन् ।
दुई उम्मेदवारबीचको मतान्तर ७ सय ६७ छ ।

यसैगरी महामन्त्री पदमा उदयशमशेर राणाले १९५६ मत प्राप्त गरेका छन् । उनलाई डा. सुनिल शर्माले चुनौति दिइरहेका छन् । डा. शर्माले १८८७ मत प्राप्त गरेका छन् । राणा र शर्माबीच ७९ मतान्तर रहेको छ । महिला महामन्त्रीमा डिला संग्रौलाले २६०९ मत प्राप्त गरेका छन् भने उनलाई डिना उपाध्यायले पच्छाइरहेकी छन् । उपाध्यायले २४४२ मत प्राप्त गरेकी छन् ।

कुल ७ हजार ४३ मत खसेकोमा अब १ हजार ४३ मत गणना हुन बाँकी छ ।