कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत् राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा सभापति थापाले विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ। उनले सम्वोधन गर्नुअघि प्रमुख पदाधिकारीहरुसँग छलफल पनि गर्ने जनाइएको छ ।

पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा काङ्ग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ।