इटहरीमा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट, तयारी पूरा

इटहरीमा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट, तयारी पूरा


ग्लोब नेपाल
54
Shares

इटहरी । नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कार्तिक १८ गते सुनसरीको इटहरीमा आयोजना हुने भएको छ। कन्सर्टलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

कन्सर्टको तयारी, व्यवस्थापन, सुरक्षा तथा कार्यक्रम सञ्चालनसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले आयोजकले पत्रकार सम्मेलन आयोजना गरेको हो।

नेपथ्यको लोकप्रिय गीत–संगीतमार्फत दर्शक तथा संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। इटहरीमा पहिलो पटक हुन लागेको नेपथ्यको लाइभ कन्सर्टले स्थानीय संगीतप्रेमीमा उत्साह थपेको छ।

कन्सर्टमा नेपथ्यका चर्चित गीतहरू प्रत्यक्ष सुन्दै दर्शकले मनोरञ्जन लिनुका साथै अविस्मरणीय सांगीतिक अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा गरिएको आयोजकले जानकारी दिएको छ।

नेपथ्यको सांगीतिक प्रस्तुतिले इटहरीको सांगीतिक माहोल थप उत्साहित बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’, ‘भेडाको ऊनजस्तो’ लगायत आफ्ना दर्जनौँ चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई सांगीतिक धुनमा झुमाउनेछ। ब्याण्डका लोकप्रिय गीतहरू प्रत्यक्ष सुन्न र हेर्न पाइने भएपछि संगीतप्रेमीहरू उत्साहित बनेका छन्।

इटहरीमा पहिलो पटक हुन लागेको नेपथ्यको लाइभ कन्सर्टलाई लिएर दर्शकहरू उत्सुकतापूर्वक प्रतीक्षामा छन्। लामो समयदेखि नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्ने चाहना राखेका स्थानीय संगीतप्रेमीका लागि यो कन्सर्ट विशेष अवसर बन्ने अपेक्षा गरिएको छ।