हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको हो । सो भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।