सर्वोच्चका प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले चार जना प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेको हो ।

बैठकमा प्रश्तावित न्यायाधीशहरुको नाम समिति समक्ष अनुमोदन गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि प्रश्तावित रत्नबहादुर वागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे, झापा र गोकर्ण डाँगी, दाङ्गलाई समितिले अनुमोदन गरेको घोषणा गरे ।

न्याय परिषद्ले असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदका लागि चार जना न्यायाधीशहरुको नाम सिफारिस गरेको थियो ।