लुम्बिनीलाई जितका लागि १६१ रनको लक्ष्य, वार्नरको अर्धशतक

लुम्बिनीलाई जितका लागि १६१ रनको लक्ष्य, वार्नरको अर्धशतक


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १६१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि (टियु) क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाउँदै काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन जोड्यो।

काठमान्डुका लागि ओपनरद्वय डेभिड वार्नर र साहिल पटेलले उत्कृष्ट तथा आक्रामक सुरुवात गरेका थिए। उनीहरूको गतिलो साझेदारीको मद्दतले टोलीले पावरप्लेमा नै ४५ रन बनाएको थियो।

इनिङ्सका क्रममा विस्फोटक ब्याटिङ गरेका डेभिड वार्नरले उत्कृष्ट ६६ रनको योगदान दिए। त्यस्तै, साहिल पटेलले ३८ रन बनाए भने सहान अरच्चिगेले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै अविजित ३४ रन जोडेर टोलीको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्‍याए।

यता लुम्बिनी लायन्सका बलरहरूतर्फ रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेश गौतमले उत्कृष्ट बलिङ गर्दै २–२ विकेट हात पारेका थिए।