काठमाडौँ । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका एक उपभोक्ताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ निवासी राम श्रेष्ठले उक्त पुरस्कार जितेका हुन् । उनले जम्मा तीन सय रुपैयाँको सामान खरिद गरेका थिए । सामान्य रकमको खरिदबाटै १० लाख रुपैयाँको उपहार प्राप्त गरेपछि करदाता प्रोत्साहन कार्यक्रमले उपभोक्ताको ध्यान तानेको छ ।
सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने, उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने तथा करको दायरामा सहभागिता बढाउने उद्देश्यले गत साउन १ गतेदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
यस कार्यक्रममार्फत सामान तथा सेवा खरिद गर्दा प्राप्त हुने बिलका आधारमा उपभोक्तालाई उपहार जित्ने अवसर प्रदान गरिँदै आएको छ ।


प्रतिक्रिया