काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । मंगलबार राति १ बजेको समयमा श्रीमान्–श्रीमतीबीच विवाद हुँदा ४२ वर्षीय श्रीमान मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई लोहोरो प्रहार गरेको प्रहरीले बताएको छ ।
लोहोरोले टाउकामा लाग्दा उनको मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले श्रीमान्लाई पक्राउ गरेको हो ।


प्रतिक्रिया