काठमाडौँ । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी काठमाडौँमा बुधबार सुरु भएको पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद भुक्तान गरिरहेका रायमाझी कारागारबाट छुटेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।
६५ वर्ष उमेर पूरा गरेका रायमाझी ज्येष्ठ नागरिकले पाउने सुविधा अनुसार २५ प्रतिशत कैद छुट पाएर कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
शरणार्थी प्रकरणमा मुछिँदा रायमाझी एमालेका सचिव थिए । उक्त प्रकरणमा एमालेले उनलाई निलम्बन गरेको थियो ।


प्रतिक्रिया