युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य


ग्लोब नेपाल
0
Shares

काठमाडौं । कतारको दोहामा भइरहेको एसियन राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत आइतबारको सातौं खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्सले ३९.५ ओभरमा मात्र १२१ रन बनाउन सक्यो । युएईको ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएर ११ रन र कुशल भुर्तेलले पनि ३ विकेट लिएर मात्र १५ रन दिए ।

युएईका लागि मुहम्मद शाहदाद ७० बलमा ४० रन र हरप्रित सिंहले ४८ बलमा ३२ जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

नेपाल आफ्नो खेलमा भारतसँग लज्जास्पद ढंगले पराजित भएको थियो । भारतले दिएको ३३३ रन पछ्याउने क्रममा नेपाल २६ रनमै अलआउट हुन पुगेको थियो ।