काठमाडौं । प्रहरी प्रधान कार्यालयले एआईजी विश्वराज पोखरेलले माग गरेको थप १० दिन विदा अस्वीकृत गरे पनि सर्वोच्च अदालतको फैसला नआउन्जेल उनी कार्यालय नजाने भएका छन् ।
‘फोर्समा कोही पनि जुनियरको कमाण्डमा बस्न सक्दैन, त्यसैले काममा फर्क भन्न मिल्दैन थियो’, एआईजी पोखरेलको पारिवारिक स्रोतले भने, ‘अदालतमा मुद्दा लडूञ्जेल विदा स्वीकृत हुनुपर्ने थियो, भएन । यो न्यायिक सिद्धान्त विपरित हो ।’
यसअघि नवराज सिलवालको मुद्दामा पनि तत्कालीन आईजीपी प्रकाश अर्यालले विदा स्वीकृत गरी सिलवाललाई मुद्दा लड्ने सहज वातावरण निर्माण गरिदिएका थिए । न्याय माग्न अदालत गएको मान्छेलाई विदा स्वीकृत गरेर सहज वातावरण बनाइदिनु पर्ने थियो, तर आईजीपी धीरजप्रताप सिंह पूर्वाग्रही बनेर विदा अस्वीकृत गरेको पोखरेल पक्षबाट मुद्दा लड्ने कानुन व्यवसायीहरु बताउँछन् ।
एक महिनामै दुई पटक बढुवा भएर आइजीपी बनेका आईजीपी सिंह एआईजी पोखरेलभन्दा १६ महिना जुनियर हुन् । गत बैशाख १८ गतेको मन्त्रिपरिषद् बैठकले तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि पोखरेल सर्वोच्च अदालत गएका थिए ।
प्रतिक्रिया