काठमाडौं । अमेरिकामा महंगी नयाँ रेकर्डस्तरमा पुगेको त्यहाँको अमेरिकी श्रम विभागले जनाएको छ ।
गएको शुक्रबार मात्रै विभागले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार गत महिना उपभोक्ता मूल्य एक वर्षको तुलनामा ८.६ प्रतिशत बढेको छ । एक महिनाअघि अप्रिलमा उपभोक्ता मूल्य एक वर्ष अघिको तुलनामा ८।३ प्रतिशतले बढेको थियो।
अमेरिकामा मासिक आधारमा उपभोक्ता वस्तुहरुको मूल्य अप्रिलको तुलनामा मेमा एक प्रतिशतले बढेको थियो। यो वृद्धि मार्चको तुलनामा अप्रिलमा भएको ०.३ प्रतिशत वृद्धि भन्दा धेरै हो । अमेरिकामा मुद्रास्फिती धेरै समयदेखि चार दशककै उच्च स्तरमा रहिआएको छ । महँगी वृद्धि हुनुको कारण ग्याँसको मूल्य, खाद्य वस्तु तथा अन्य अत्यावश्यक सामाग्रीहरुको मूल्य स्वतः बढेको छ।
साथै अमेरिकामा उपभोक्ता मूल्यमा आधारित मुद्रास्फिती दर १९८२ पछि पहिलो पटक मार्च २०२२मा ८.५ प्रतिशत पुगेको थियो । सोहि कारण अमेरिकी केन्द्रिय फेडरल रिजर्वले ब्याजदरमा वृद्धि गर्नुपरेको हो।
यस्तै, महँगी वृद्धि हुँदा अमेरिकी शेयर बजारमा त्यसको असर देखिएको छ । सोही कारण अमेरिकी शेयर बजारमा भारी गिरावट आएको थियो । जनवरीपछि अहिले अमेरिकी शेयरमा सबैभन्दा धेरै साप्ताहिक गिरावट भएको हो । बढ्दो मुद्रास्फितिले फेडरल रिजर्वको व्याजदर आक्रमक रुपमा बढ्दा त्यसको असर परेको देखाउँछ ।
गएको शुक्रबार नेस्डेक ३.५२ प्रतिशले घटेको थियो । टेक र ग्रोथको शेयर सबैभन्दा धेरैले घटेको थियो । माइक्रोसफ्ट कर्पोरेशन, अमेजन डट कम इंक र एप्पल इंकको शेयर एस एण्ड पी ५०० मा सबैभन्दा धेरै गिरावट भएको थियो ।
प्रतिक्रिया