ईपीएलमा आज दुई खेल हुँदै

ईपीएलमा आज दुई खेल हुँदै



काठमाडौं । काठमाडौंमा जारी चौथो एभरेष्ट प्रिमियर लीग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजको पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् ।

विराटनगरका कप्तान करन केसी हुन् भने चितवनको कप्तानी सोमपाल कामीले सम्हालेका छन् । खेल बिहान साढे ९ बजे शुरु हुनेछ । यस्तै आजको दोस्रो खेल भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच हुनेछ । भैरहवा शरद् भेष्वाकरको कप्तानीमा रहेको टोली हो भने पोखराका कप्तान विनोद भण्डारी हुन् ।

सोही मैदानमा हुने खेल दिउँसो साढे १ बजेदेखि शुरु हुनेछ । दुबै खेलको हिमालय टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ ।