पाेखराकाे नगरसभा बहिष्कार गर्दै एमाले जनप्रतिनिधिले च्याते राताे किताब

पाेखराकाे नगरसभा बहिष्कार गर्दै एमाले जनप्रतिनिधिले च्याते राताे किताब


ग्लोब नेपाल
108
Shares

पाेखरा । पाेखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केहीबेरअघि सुरु भएकाे सभामा एमालेका सदस्यहरुले विराेध गरे । ४ बजे बैठक सुरु भएपछि एमाले उठेर विराेध जनाएकाे थियाे । दलकाे नेता राधिका शाहीले राताे किताब बजेट अघि नै आएकाे बिराेध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयाे । बजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएकाे छैन, उनले भनिन्, राताे किताब कसरी आयाे आजै ?

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएकाे छ । मेयर धनराज आचार्यले भने राताे किताब नभई ड्राफ्ट मात्र बनाएकाे बताए । `याे राताे किताब हैन, ड्राफ्ट हाे । छलफल पछि मात्र पास हुन्छ,´ उनले भने । शाहीले राताे किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेकेा छ ।