गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त

गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त


ग्लोब नेपाल
216
Shares

पोखरा । गण्डकी टोष्टमाष्टर्स क्लवमा बसन्त गौतम चयन भएका छन् । क्लवको उपाध्यक्षमा शिक्षातर्फ श्रीविद्या आर कायस्थ, सदस्य विस्तारतर्फ उपाध्यक्षमा प्रकाश रेग्मी, जनसञ्चार उपाध्यक्षमा आदित्यदेव प्रजु, महासचिवमा सुरज गुरुङ, कोषाध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा महिमा प्रिति शेरचन तथा निवर्तमान अध्यक्षमा बैभव पौडेल रहेका छन् । नवनिर्वाचित अध्यक्ष गौतमले क्लवले आफुलाई जिम्मेवारी सुम्पिएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नों योग्यता दक्षताले भ्याएसम्मको योगदान गर्ने बताए ।

नवनिर्वाचित कार्यसमितिलाई क्लवका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखेले सपथ ग्रहण गराउँदै क्लवको गरिमा उँचो पार्न पदाधिकारीहरुलाई आग्रह गरे । निवर्तमान अध्यक्ष विप्लव पौडेलले पद हस्तान्तरण गर्दै आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समाजमा स्थापित व्यक्तिहरु रहेको क्लवले आफ्ना सदस्यहरुमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पु-याउने विश्वास व्यक्त गरे । समारोहमा टोष्टमाष्टर्स गिताञ्जली राठौरले टोष्टमाष्टर्स क्लवको मार्गचित्र, उद्देश्य, गतिविधीबारे अवगत गराएका थिए ।