कोलोराडोमा सत्रौं आरएमएफएन माईल हाई गल्फ प्रतियोगिता सम्पन्न

कोलोराडोमा सत्रौं आरएमएफएन माईल हाई गल्फ प्रतियोगिता सम्पन्न



कोलोराडो । रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा कोलोराडोमा सत्रौं आरएमएफएन माईल हाई गल्फ प्रतियोगीता गत आईतबार सम्पन्न भयो ।

कोलोराडोस्थित थ्रोन्टन शहरमा सम्पन्न खेलमा १० टिमको सहभागिता रहेको थियो । महिला र पुरुषहरुको छुट्टा छुट्टै टिम बनाएर गराईएको प्रतिस्पर्धामा नेपाली र स्थानीय अमेरीकी गरी ४० जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

यसरी संचालन भएको खेलमा पुरुष तर्फ प्रथम, द्वितीय र तृतिय हुनेमा क्रमश रिजुल कार्की, सुचित शर्मा, पेम्वा रहेका छन् । त्यसैगरी महिलातर्फ श्रेया, रिहाना र ईभाले क्रमश प्रथम,द्वितीय र तृतिय भइ नगद तथा ट्रफी हात पार्न सफल भएका छन् ।

शुदेश शर्माको संयोजन तथा अलस्टेटको प्रायोजनमा सम्पन्न खेल आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन भएको रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेलले बताए । बिजयी खेलाडीहरुलाई रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेल र अलस्टेटका सुनिल पाठकले संयूक्त रुपमा नगद तथा ट्रफी प्रदान गरी सम्मान गरेका थिए ।