काठमाडौं । चोर बाटोबाट अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ । अतिरिक्त रुपमा बढाउन लागिएको तलब विरुद्ध कर्मचारीहरू नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले बजेट घोषणा अनुसारकै तलब वृद्धि कायम गर्ने भएको हो ।
बजेट भाषणमार्फत सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाएको भए पनि अधिकृतदेखि सचिवसम्मको तबल भने २४ प्रतिशतसम्म बढाउने गरी अर्थ मन्त्रालयले तलबको नयाँ रोष्टर सबै सरकारी कार्यालयलाई पठाएको थियो ।
कर्मचारी ट्रेड युनियले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर असमान तलब वृद्धि नगर्न ध्यानाकर्षण गराएको थियो । यदि अधिकृत तहको मात्रै तलब चोर बाटोबाट बढाउने हो भने आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका थिए ।
ट्रेड युनियनसँगको भेटमा शर्माले तत्काल १५ प्रतिशत मात्रै तलब बढाउने प्रतिबद्धता जनाउनु भएको थियो । संसदको स्वीकृत बिना राज्य कोषको रकम खर्च गर्न नपाइने भए पनि वरिष्ठ कर्मचारीहरूले संसदीय समितिलाई प्रयोग गरेका थिए ।
प्रतिक्रिया