समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको ९२ बर्षको उमेरमा निधन

समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको ९२ बर्षको उमेरमा निधन


ग्लोब नेपाल
54
Shares

चितवन । समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिरामी परेकी श्रेष्ठको गएराती चितवन मेडिकल कलेजमा निधन भएको हो । बि.स‌ १९८७ मा तनहुँको बन्दीपुरमा जन्मनकी श्रेष्ठको ९२ बर्षमा निधन भएको हो ।

पछिल्लो समयमा श्रेष्ठलाई अरुचीलगाएत श्वास प्रश्वाससम्बन्धी समस्या भएको थियो । जीवनभर दान गरेर कहिल्य नथाक्ने श्रेष्ठले कति दान गरिन भन्ने यकिन पनि छैन तर उनले हालसम्म अर्ब भन्दा बढीको दान गरिसकेको उनका छोरा टकनाथ पौडेलले बताए ।

उनको पार्थिव शरीरलाई अहिले आफ्नै निवासमा ल्याईएको छ । ९ बजे मैयादेवी कन्या कलेजमा श्रध्दान्जलीका लागि राखिने र १ बजे अन्त्येष्टी गर्ने नेपाली काग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।